सरकारलाई शिक्षक महासंघको जवाफ- वार्ता आवश्यक छैन, ऐन जारी गरियोस्


 काठमाडौँ। 

सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षक महासंघले सरकारले बोलाएको वार्ताको औचित्य नभएको बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो । तर, महासंघले भने वार्ताको औचित्य नभएको भन्दै ऐन जारी गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘पहिले नै वार्तामा बसेर सहमति भइसकेको छ । फेरि वार्ता र सहमति आवश्यक छैन । ऐन जारी गर्ने भए मात्र मन्त्रालय जान्छौं । सहमति र छलफलको आवश्यक छैन ।’ शिक्षा ऐन जारी गर्न माग गर्दै २ महिनादेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् ।

बुधबारदेखि  शिक्षकहरूले अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेका छन् । शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन सुरु गरेका छन्। 

यसअघि २०८० असोज ५ मा सरकारसँग ६ बुँदे सहमति भइ सकेको छ । सो सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका हुन् ।