ताल्चा फुटाएर महानगरको जिम्मेवारीमा फर्किए गुरागाईं, अब रोकिएको तलब निकासा हुने


काठमाडौं ।

 मेयर बालेन साहले लगाएको ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काठमाडाैं महानगरपालिकाकाे जिम्मेवारीमा फर्किएका छन ।

 मेयर साहले लगाएको ताल्चा उप प्रमुख सुनिता डंगोल, वडा अध्यक्ष र कार्यरत कर्मचारीको पहलमा ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृत  गुरागाईंले जिम्मेवारीमा फर्किएका हुन् ।

 गुरागाईंले कार्यालय प्रवेश गर्न नदिन राजु पाण्डेको नेतृत्वमा महानगरीय प्रहरी खटाए पनि अन्ततः जनप्रतिनिधि र कर्मचारीको अगाडी केही लाग्न सकेन र उनी साढे तीन महिना पछि जिम्मेवारीमा फर्किएका हुन् ।

काठमाडौं महानगरमा यसअघि झन्डै पाँच महिना देखि  रोकिएको तलब शुक्रबार देखि  नै निकासा हुने उनले जानकारी दिएका छन् ।