काठमाडौँ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले रेडियो नेपाल कुनै सत्ताको नभई जनताको हुनुपर्ने बताएका छन् ।
काठमाडौँमा आज सार्वजनिक सेवा प्रसारण संस्थान रेडियो नेपालको ७५ औंँ हीरक महोत्सव कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रजातन्त्र निम्त्याउने उदेश्यले जन्मीएको रेडियो नेपाल विगतमा जुन सत्ता आयो त्यसैको चपेटामा पार्नु परेको अवस्थाबाट मुक्त भएर अब देश र जनताप्रति जवाफदेही बन्ने परिवेशमा पुगेको बताए ।
पिएसबी मोडलमा रुपान्तरण भएको रेडियो नेपालले अब कुनै पनि राजनीतिक नेता वा सत्ताको गुणगान नगाई जनतालाई सहि र सत्यतथ्य सूचना प्रसारण गर्नु पर्ने मन्त्री गुरुङले बताए । “यहाँ कुनै अधिनायकवाद होइन लोकतन्त्र फस्ट्याउनु पर्छ”, मन्त्री गुरुङले भने,“यो दायित्व निभाउने काममा रेडियो नेपालका अहम भुमिका रहन्छ ।” साथै उनले रेडियो नेपाल विविधतामा एकताको खोजी गर्ने समावेशी चरित्रको भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् । पिएसबीका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले रेडियो नेपालको पहुँच विस्तार कार्य तिब्र बनाउनुका साथै जनताले पाउनुपर्ने सत्यतथ्य सूचनाको हकलाई प्रत्याभुति गर्ने बताए ।
उनले रेडियो नेपाल सूचनाप्रविधिको विकास सँगै कार्यशैली रुपान्तरण गरेको र समावेशी आवाजलाई थप आत्मसाथ गर्दै लैजाने समेत धारणा राखे । कार्यक्रममा रेडियो नेपालका २५ वर्ष सेवामा योगदान पुराएका कर्मचारीहरु, उत्कृष्ट कर्मचारीहरु र गीतसँगीतका क्षेत्रका उत्कृष्ट स्रष्टाहरुलाई पुरस्कृत र सम्मान गरिएको थियो ।
प्रतिक्रिया