शुरू भयो अभिमन्युको निर्माण


हालसम्मकै सर्वाधि कमाई गर्न सफल ब्लकबस्टरफिल्म पूर्णबहादुरको सारंगीका निर्माता विनोद पौडेलको निर्माणमा बन्ने फिल्म अभिमन्युको कीर्तिपुरमा पूजाआजा गरी शुभमुहूर्त गरिएको छ।

गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायतका कलाकार मुख्य भूमिकामा रहने फिल्मका लागि पात्रअनुसार बलियो लाइनअप तयार गरिएको निर्माता पौडेलले जानकारी गराएका छन्। आगामी भदौ २७ गते रिलिज डेट घोषणा गरिसकिएको फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण हुने फिल्म सुशान्त गौतमले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशन हुनेछ। मुकेश खनालको लेखन रहेको फिल्ममा क्रिएटिभ निर्देशक मदन थापा हुन्। थापाले यसअघि बाटो: रोड टु डेथ निर्देशन गरेका थिए। विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गर्ने फिल्ममा रमेश चौलागाईँ र हरि श्रेष्ठ सह–निर्माता रहेका छन्। फिल्म नेपालस“गै विदेशमा हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ।