ड्वेन जोनसनसर्वाधिक धेरै कमाउने अभिनेता


प्रतिष्ठित फोब्र्स म्यागेजिनले संसारका सबैभन्दा धनी (धेरै कमाउने) अभिनेताहरूको सूची सार्वजनिक गरेको छ।


हालै सार्वजनिक सन् २०२४ का सबैभन्दा धनी अभिनेताको यो सूचीको शीर्षस्थानमा हलिउड अभिनेता ड्वेन जोनसन छन्। उनी ४ वर्षपछि सूचीको शीर्षस्थानमा फर्किएको फोब्र्सले जनाएको छ। अभिनेता ड्वेनले गत वर्ष रायन रेनोल्ड्स र जेरी सेनफेल्डजस्ता कलाकारलाई पछि पार्दै सर्वाधिक धेरै रकम कमाएका थिए।

उनले गत वर्ष ककरेड वान, ककमोआना २ का लागि उच्च पारश्रमिक रकममा सम्झौता गरेका थिए। उनले सन् २०२४ मात्रै ८८ मिलियन डलर कमाएका थिए। सूचीको दोस्रो स्थानमा रायन रेनल्ड्स छन्, जसले गत वर्ष ८५ मिलियन डलर कमाए। अभिनेता केभनि हार्ट सूचीको तेस्रो स्थानमा छन्, जसले सो वर्ष ८१ मिलियन डलर कमाए ।

चौँथो स्थानमा जेरी सेनफल्डि, पाँचौमा ह्यू ज्याकम्यान, छैटौँमा ब्राड पिट, सातौँमा जर्ज क्लुनी, आठौँमा निकोल किडम्यान, नवौँमा एडम स्यान्ड्लर र दशौँमा वलि स्मिथ छन्।