मृतक पत्रकारकी श्रीमतीलाई रोजगारी दिने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रेस चौतारीको सशक्त तदारुकता 


काठमाडौँ। 

काठमाडौंको तीन कुनेमा १५ चैत्रमा राजावादीहरुको हिंसात्मक प्रदर्शनमा क्रममा जिउँदै जलाएर हत्या गरिएका पत्रकार सुरेश रजकको परिवारसँग आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भेट गरेका छन् । सो भेटका क्रममा प्रधानमन्त्री ओलीले मृतक सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीको व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् । 

प्रेस चौतारी नेपालको समन्वयमा प्रधानमन्त्री ओलीले मृतक सुरेशकी श्रीमती सुजन तथा दाईहरु रमेश र दिनेश सजकलाई भेट गरी घट्नाप्रति गहिरो दुःख व्यक्त गर्दै  घटनाको छानबिन गरी कडा कारबाही गरिने बताएका थिए । भेटका क्रममा प्रधानमन्त्री ओलीले सुरेशकी धर्मपत्नी सुजनलाई रोजगारीको व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभएको भेटको आवश्यक चाँजोपाजो मिलाएका प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए।

 त्यस क्रममा प्रधानमन्त्री ओलीले सुरेशको दाहसंस्कार गर्न पनि परिवारजनलाई आग्रह गरेका थिए । पाण्डे नेतृत्वको  प्रेस चौतारी नेपालले  जिउँदै जलाइएका पत्रकार सुरेश रजकको आत्मलाई शान्ति प्रदान गर्न तथा उनको  परिवारलाई आवश्यक  न्याय र सान्त्वना दिलाउन सशक्त  तदारुकता देखाउँदै आइरहेको छ ।