फ्राइडे नाइट विथ -याप्पियस्ट म्यान


आगामी वैशाख १२ गते रिलिज हुने फिल्म भूठानले हरेक शुक्रवार राजधानीका चल्तीका चियापसल र रेस्टुराँमा फ्राइडे नाइट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन शुरू गरेको छ।

पहिलो कार्यक्रम थापाथलीस्थित चियावालामा गरेको छ। कार्यक्रममा चियापसलमा आएका जो कसैले आफनो गीत, कविता, मुक्तक, गजल, क्यारिकेचर प्रस्तुत गर्न तथा भूठानको टिजर र गीतको समीक्षा पनि गर्न सक्नेछन्। हरेक हप्ता एकजना सेलिबे्रटीलाई सो कार्यक्रममा ह्यापियस्ट गेस्टको रूपमा निमन्त्रणा गरिनेछ।

सिनेमाका एक निर्माता अविरल थापाले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न यो कार्यक्रम अघि सारिएको बताए। थापाका अनुसार संयुक्त राष्ट्र संघले मार्च २० तारिखलाई अन्तर्राष्ट्रिय खुशी दिवसको रूपमा मनाउँदै आएकोले सोही अवसर पारेर वैशाख ५ गतेसम्म खुशीको हप्ता मनाउने कार्यक्रम घोषणा गरिएको हो ।


भूठान विदेशमा रहेको आप्रवासीले आप्mनो घर फर्कन नपाएको कथामा विनोद पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा हरिवंश आचार्य, दयाहाङ राई, पूजा आर लामा, ऋचा घिमिरे, अदिति प्याकुरेल, जोयश पाण्डेलगायतका साथ हलिउड कलाकार ब्रुस डर्नले पनि अभिनय गरेका छन्।