को हो पिताम्बर !


आगामी चैत २९ गते रिलिजमा आउने फिल्म पिताम्बरको फस्टलुक, टिजर र गीतले फिल्मको हाइप बढाइरहँदा पिताम्बर को हो भन्ने चासो पनि सँगसँगै बढाएको छ।

निर्माण पक्षले फिल्मका प्रमुख कलाकारको सोलो फोटोसहित ‘म हो पिताम्बर’ लेखेको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको छ। फिल्मका कलाकारहरू प्रमोद अग्रहरि, सौगात मल्ल र दयाहाङ राईको छुट्टाछुट्टै सोलो तस्वीर राखेर ‘म हो पिताम्बर लेखिएको पोस्टर सार्वजनिक गरेपछि दर्शकमा खासमा पिताम्बर को हो भन्ने कौतुहलता पैदा गरेको छ।

केपी फिल्म र पुरुषोत्तम प्रधान फिल्म्स्को ब्यानरमा विशाल चौलागाईंद्वारा निर्मित फिल्म कृषा चौलागाईँले निर्देशन गरेकी हुन्। प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काप्mले, रवीन्द्र भट्टराई, बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं, सुप्रोल बुढाथोकी (अनमोल) लगायतले अभिनय गरेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता तथा सुमन गौतम कार्यकारी निर्माता रहेका छन्।


फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, आशिष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।