काठमाडौँका विभिन्न स्थानमा राति १० बजेसम्मका लागि जारी भएको कर्फ्युको समय थपिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शनिबार बिहान ७ बजेसम्म लागू हुने गरी दोस्रो आदेश जारी गरेका छन्।
यसअघि उनले राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न शुक्रबार अपरान्हदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका थिए।

प्रतिक्रिया