बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


काठमाडौँ।

राजसंस्थाको समर्थनमा शुक्रवार काठमाडौँमा भएको प्रदर्शन हिंसात्मक बनेपछि त्यसको समीक्षा गर्न मन्त्रिपरिषद्‌को बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारले चाल्न सक्ने कदमबारे छलफल हुने बताइएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनका क्रममा कैयौँ निजी तथा सरकारी सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोड भएको थियो।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।