काठमाडौँ।
राजावादीको प्रदर्शनको नाइके दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउको तयारी गरेको छ । उनी तीनकुने क्षेत्रमा झडप भएपछि गाडी चढेर फरार भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार प्रसाईंको खोजीको लागि प्रहरी परिचालन भइसकेका छन् ।
गृहमन्त्री रमेश लेखकले अराजक प्रसाईंलाई तत्काल कानूनी दायरामा ल्याउन प्रहरी नेतृत्वलाई निर्देशन दिएसँगै प्रहरी खटिएको हो ।
काठमाडौं, ललितपुर, भक्तपुरका तीन वटै प्रहरी प्रमुखलाई प्रसाईं पक्राउका लागि अलर्ट रहन निर्देशन दिइएको छ ।
प्रतिक्रिया