काठमाडौँ।
राजावादी समूहको प्रदर्शनमा प्रहरीसहित ३० जना घाइते भएका छन्। गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर प्रहरीतर्फ १५ जना र प्रदर्शनकारीतर्फ १५ जना घाइते भएको जानकारी दिएको छ।
त्यस्तै तीनकुने क्षेत्रमै झडपका क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कीर्तिपुर निवासी २९ वर्षीय सविन शर्मा रहेका छन्। झडपमा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको गृह मन्त्रालयले जानकारी दियो।
त्यस्तै प्रदर्शनकारीले कोटेश्वरस्थित जडिबुटी प्रशोधन केन्द्रमा ८ वटा गाडी जलाएका छन्।
राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कर्फ्यु लगाएको छ । तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् ।
प्रतिक्रिया