काठमाडौँ।
कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुटपाट गरेका छन्।
राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएका प्रदर्शनकारीहरूले भाटभटेनी सुपरस्टोरमा तोडफोडसहित लुटपाट गरेका हुन्।
भाटभटेनीको परिसरमा राखिएको फलफूलसँगै विभिन्न सामान लुटिएका छन्।
यसअघि, सोही समूहले तीनकुने नजिकै आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा आगजनी गरेको थियो।
प्रतिक्रिया