जेठमा जन्ते बाख्रो


अभिनेता सौगात मल्ल र आशिफ शाह तथा अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्म जन्ते बाख्रोको फस्टलुक सार्वजनिक गर्दै आगामी जेठ २३ गतेका लागि रिलिज डेट घोषणा गरिएको छ।

फस्टलुक्समा हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ भने सौगातले निराश भावमा उनीहरूलाई हेरिरहेका छन्। बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रोका रूपमा चित्रण गर्न उनीहरूको बीचमा चश्मा लगाएको बाख्रा देखाइएको छ।

सिमोस सुनुवारको निर्देशनमा निर्माणाधीन फिल्ममा सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारले अभिनय गरेका छन्। मुइन इन्टरटेनमेन्टको ब्यानरमा सन्तोष गौतमद्वारा निर्मित सोसल कमेडी फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद, हरि हुमागार्इंको डिओपी, उत्तम हुमागाईंको सिनेमाटोग्राफी र सुनिल शिवभक्तिको सम्पादन रहेको छ।