राजधानीमा हालै सम्पन्न आठौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत मिनबहादुर भामद्वारा निर्देशित फिल्म साम्बालाले उत्कृष्ट फिचर फिल्मका लागि १५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड चुमेको छ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत नै बेल्जियमको मेल्टिङ स्नुले एक हजार डलरसहित माउन्ट एभरेस्ट अवार्ड, अर्जेन्टिनाको द अविसले ५ सय डलरसहित मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) र स्पेनको लुसिया जि रोमेरोले ५ सय डलरसहित बागमती अवार्ड चुमेको छ।
त्यसैगरी राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिल्म आँखाले १ लाख रुपियाँसहित फिचर फिल्म अवार्ड चुमेको छ भने निर्देशकतर्फ पुजार सार्कीबाट दिनेश राउत विजयी भएका छन्।

पुजार सार्कीबाटै अञ्जना बराइलीले अभिनेत्री, राजेश श्रेष्ठले छायाँकार, आँखाबाट आरके मेहताले अभिनेता, जौन योञ्जनले लेखन अवार्ड, निशान खत्रीले सर्ट फिल्म अ बिटनेसबाट निर्देशक, सुविना श्रेष्ठको देवीले डकुमेन्ट्री फिल्म अवार्ड र निराजन राज भेटवालको द विटनेस ट्रिले राष्ट्रिय सर्ट फिल्म अवार्ड पाएको छ।
अडियन्स च्वाइस अवार्डतर्पm लक्ष्मण सुवेदीद्वारा निर्देशित सतिदेवीले फिचर फिल्म अवार्ड, लब प्याकुरेलको गल्स रि राइटिङ डेस्टिनिले डकुमेन्ट्री र विटनेस ट्रीले सर्ट फिल्म र भारतीय फिल्म रूक्मिणीले डन क्वहेटे अवार्ड पाएको छ। महोत्सवमा विटनेस ट्री र देबीले पुरस्कारस्वरुप ५० हजार रुपियाँ प्राप्त गरेका छन्। महोत्सवमा ४० देशका ८७ फिल्म देखाइएको थियो।
प्रतिक्रिया