सुर्खेत ।
माघको महिना कठ्यांग्रिदो जाडो थियो । हुस्सुले वरपरका मान्छे देखिदैनथे । सुर्खेत, वीरेन्द्रनगर, चीसापानी घर भएकी ६१ वर्षीय सेतु वि.क प्रत्येक दिन बिहान पात टिप्न जानु उन्को दैनिकि हो । जंगल उन्को घर देखि २ किलो मिटर मात्रै टाढा छ । माघ २४ गते सेतु सधै झै पिठ्यूमा डोको र हातमा हसिया बोकर बिहान ७ बजे पात टिप्न साथीहरु संग जंगल पुग्छिन् । जंगलभित्र सालको रुखहरु प्रशस्त भएकोले पात टिप्न दुख छैन। “नजिक नजिक सालको रुखहरु भएकोले पात टिप्न सजिलो हुन्छ ।”— वि.कले भनिन् ।
बिहान दुई घण्टा भित्र सेतुले ५ देखी ७ सयसम्म सालको पात टिप्ने बताउछिन् । टिपेसकेका पातहरुलाई चाङ मिलाएर प्लाष्टिकको बोराभित्र खांद्छिन र ९ बजे सेतु साथीहरु संगै घर फर्किन्छिन् । सेतुले घरायसी काम सकेर दैनिक व्यवसायतिर लाग्छिन् । शिवशक्ति सामुदायिक वनको कार्यालयमै बसेर सबै महिलाहरुले दुना टपरी बनाउँछन् । सेतुले बिहान टिपेको पात बोराबाट निकालेर बरण्डामा फिजाउछिन् र दुना टपरी लगाउन सुरु गर्छिन्। दुना टपरी मेसिनले पनि बन्ने भएकोले हातले जस्तो धेरै मेहनत गर्नु पर्देन । “ दुना टपरी बनाउदै दिनको समय बितेको थाहा पाउन्न”— सेतुले उत्साहित हुदै भनिन् । प्रत्येक दिन सेतुले एक सय पचास सम्म दुना टपरी बनाउछिन् । सेतु र उन्का साथीहरुले मिलेर बुनेका टपरीको कुल गिन्ति अनुसार उद्योगले उनीहरुलाई पैसा भुक्तानी गर्छ ।

महिलाहरुले बुनेका प्रति टपरी १० र दुना ५ रुपैयाँका दरले वीरेन्द्रनगर बजारमा विक्रि हुन्छन् । तर, उनिहरुलाई प्रति टपरी ५ रुपैया र दुनाको २ दशमलव ५ रुपैयाका दरले साहुले भुक्तानी गर्ने गर्छन् । सेतुले दुना टपरीबाट मासिक ८ देखि १५ हजार सम्म आम्दानी गर्छिन्। एक प्याकेटमा ५ सय पिस हुन्छ । महिनाभरि धेरैजस्तो महिलाले मासिक दुई सय प्याकेट दुना टपरी बनाउछन् । सेतुजस्तो एकल महिलाको लागि दुनाटपरी व्यवसाय साहारा बनेको छ ।. १२ वर्ष अघि श्रीमान् गुमाएकी सेतुले दुना टपरी व्यवसायबाट आत्मनिर्भर बनेकी छिन् ।

“बिहान बेलुकाको छाक टार्ने छोराछोरीको मुख ताक्न पर्देन । ”- सेतुले भनिन् । प्लाष्टिकको प्लेटको विकल्पको रुपमा सुर्खेतका होटल तथा व्यवायहरुमा दुना टपरीको प्रयोग बढ्दो क्रममा छ । पुजा पाठ तथा धार्मिक संस्कारहरुमा दुना टपरीको आवश्यकता र बजारमा यसको माग बढ्दै गएपछि उधोगको रुपमा दुना टपरी व्यवसाय फस्टाउदै आएको साना तथा घरेलु उद्योगका निर्देशक पदमलाल लामिछानेले बताउछन् ।

दुना टपरी व्यवसायले महिलाहरुलाई स्वरोजगार संगै हरित वृतिको लागि पनि टेवा पुर्याएको छ । तर, स्थानीय सरकारले सुर्खेत जिल्लामा दुना टपरी व्यवसायीक विकास, दुना टपरीबाट बन्ने फोहोरको सदुपयोग र वन जंगल विकासको लागि महिलाहरुलाई विशेष योजना तथा आर्थिक सहायता भने नदिएको सामुदायीक वनका महिलाहरु बताउछन्। यद्यपी, वीरेन्द्रनगर आसपासका शहरी क्षेत्रहरुमा हरियाली क्षेत्र विकासका लागि दुना टपरी व्यवसायले महत्वपुर्ण भुमिका खेलेको निर्देशनालयका प्रमुख शेरबहादुर श्रेष्ठले बताए ।
सुर्खेत जिल्लामा दुना टपरी बनाउने व्यवसाय व्यवसाय उद्योगको रुपमा विकास हुँदै गयो । बन्दै गयो तर, दुना टपरीबाट निस्कने फोहोर सदुपयोग गरि आर्थिक आम्दानी गर्ने सक्ने सम्भावनाहरुका बारेमा स्वयं सामुदायीक वन र स्थानीय नगरपालिका अनबिज्ञ छ ।
सन् २०१८ मा वन अनुसन्धान ताथ सर्वेक्षण विभागले गरेको एक सर्वेक्षण अनुसार सुर्खेतको वन क्षेत्र ८०२२६ हेक्टर क्षेत्रफलमा फैलिएको थियो तर अहिले जंगलको क्षेत्रफल बढेर ८०८३१ हेक्टर पुगेको छ । यसरी वनको क्षेत्रफल बढ्नुमा सामुदायीक वनको संख्या बढ्नु र वनजंगल संरक्षणमा महिलाहरुको सक्रियता अभिवृद्धि हुनु प्रमुख कारण भएको वन कार्यालय सुर्खेतका सुचना अधिकारी निरज श्रेष्ठले बताउछन् । अहिले सुर्खेत जिल्लामा २७१ वटा सामुदायिक छन् । वीरेन्द्रनगर नगरपालिकामा मात्र १४ वटा सामुदायिक वनको नेतृत्व महिलाले गरेका छन् ।

दुना टपरी बनाउने सीप नयां होईन । तर यो सीपले सुर्खेत जिल्लामा २०७० सालदेखि व्यवसायीक रुप लिन थालेको हो । सुर्खेतमा पहिलो पटक २०७३ सालमा रामजानकी दुनाटपरी उद्योग दर्ता भई संचालनमा आएपछि यस व्यवसायले गति लिन थालेको हो । दुनाटपरी व्यवसायले आर्थिक आम्दानी बढाउन थालेपछि अन्य ९ वटा कम्पनीले दुनाटपरी उद्योगहरुलाई व्यवसायीक बनाउदै लगेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल बताउछन् । सुर्खेत जिल्ला भरि दुना टपरी उद्योगमा १ सय ५० जना भन्दा बढी महिलाहरु सामेल छन् ।
सेतु जस्तै निम्न आय भएका अन्य एकल महिलाहरुको लागि दुना टपरी व्यवसाय आत्मनिर्भर बन्न गज्जबको उपाय बनेको छ । वीरेन्द्रनगर वडा न. ५ बस्ने ६० बर्षिय ज्ञानु अधिकारी पनि पैसा कमाउनलाई दुना टपरी बनाउन थालेकी छिन् । उनि एकल महिला पनि हुन् । विगत ५ बर्ष देखि सुर्खेतको चिसापानी स्थित राम जानकी उद्योगमा दुना टपरी बेच्दै आएकी छिन् । उनले भनिन्, “औषधी, खाना, लत्ताकपडा सबै यहि दुना टपरीबाटै जोहो गर्छु। ”१५ देखी २० हजारसम्म कमाउने गरेकी छु । राम जानकी उद्योगमा अहिले १३ जना महिलाहरु कार्यरत छन् ।
नन्दा गुरुङ्ग दुना टपरी बनाउने सुर्खेतकी पुरानो व्यवसायी हुन् । सुर्खेतमा वि.सं. २०७३ सालदेखि दुना टपरी बनाउने सीप व्यवसायीक बन्दै गएको उनि बताउछिन् । गुरुङ्गका अनुसार वीरेन्द्रनगर बजारमा ३ वर्षदेखि दुना टपरीको माग बढ्दो छ । वीरेन्द्रनगरमा मान्छेको चहलपहल धेरै हुने भएकोले ठुला तथा साना होटलहरु संचालनमा छन् । होटलहरुले अहिले अर्ग्यानीक प्लेटको रुपमा दुना टपरीको प्रयोग हुने गरेको गुरुङ्गले बताईन् । गुरुङ्गका अनुसार पानीपुरी पसल, ठेला तथा होटलहरमा दुना टपरीको माग बढ्दो छ । “महिला दिदीबहिनीहरुसँगै मिलेर दुना, टपरी बनाउदा कमाई र रमाई दुबै हुन्छ ।”- गुरुङ्गले भनिन् । जोतिस खगेन्द्र अधिकारीले टपरी निकै शुभ र चोखो मानिने भएकोले पुजाआजामा यसको प्रयोग अनिवार्य भएको बताउछन् । “दुना टपरी आफु कुईएर जाने र व्यवस्थापन गर्न पनि सहज हुन्छ”-अधिकारी बताउछन् ।
वनको संरक्षण
रामजानकी सामुदायिक वनका सचिव रामबहादुर गुरुङ्गका अनुसार जंगलबाट पात ल्याउने देखि मेसिन चलाउनेसम्म काम महिलाहरुले नै गर्छन् । महिलाहरुको दुनाटपरी निर्माण गर्ने कार्यसमिति बनेको छ । कार्यसमितिमा रामबहादुर मात्र एक्लो पुरुष हुन् । उनि भन्छन्, “म मात्रै कार्यसमितिमा पुरुष छु ।

रामजानकी दुनाटपरी उद्योगले सामुदायका महिलाहरु व्यवसायीक बन्दै गएपछि उद्योगको लागि भवन निर्माण गरेको पनि बताउछन्। रामबहादुरका अनुसार टपरीको उत्पादनलाई दोब्बर गर्ने स्थानीय सिमान्तकृत महिलाहरुको क्षमता अभिवृद्धि गर्ने काम भईराखेको छ । दुना टपरीको बजारीकरणमा पनि सामुदायीक वनले सहयोग गरिराखेको छ । “बनमा झरेका पातहरु बटुलेर टपरी बनाउदा जंलगमा आगलागि घटेको छ ।”-गुरुङ्ग बताउछन्।

सामुदायीक वनको संरक्षण र चोरीनिकासी नियन्त्रण गर्ने दुई जना वन हेरालु पनि राखिएको वीरेन्द्रनगर वडा नम्बर ५ का अध्यक्ष लोकबहादुर शाही बताउछन् । अध्यक्ष शाहि भन्छन्, “गाँउमा युवा छैनन् सबै महिलाले गर्छन् । ” वनजंगलमा आगलागी हुँदा, बृक्षारोपण गर्दा महिलाहरु नै अघि सर्ने पनि शाहि बताउछन् । २ सय ७३ हेक्टरको रामजानकी सामुदायीक वनभित्र ७२ हजार ८०० वटा साल, विभिन्न घाँसका नयां बिरुवा लगाइसकेको अध्यक्ष शाहिले बताए । महिलाहरुले वन संरक्षण गर्ने थालेपछि चोरी सिकारी र आगलागिका घटनामा निकै कमि आएको उनको भनाई छ ।
सामुदायीक वन व्यवस्थापन र दुना टपरी उद्योगका व्यवस्थापनका लागि नगरपालिकासँग हामीले कुनै माग गरेका थिएनौ तर अब यस व्यवसायलाई अगाडी बढाउन बजेट माग गर्ने योजना बनाएका छौ, “अध्यक्ष शाहिले भने ।” वीरेन्द्रनगर ५ चिसापानीका ६५ वर्षिय स्थानिय दुर्गालाल सापकोटाले विस २०७५ साल यता सामुदायीक वन फैलिदैगएको बताउछन् । त्यस अघि वनमा काठको चोरी निकासी हुने र नियमित वनमा वृक्षारोपण नहुने समस्या रहेको बताउछन् ।
स्थानीय अर्थतन्त्र
स्थानीय होटल व्यवसायले प्लाष्टिको प्रयोग घटाउदै गएको वीरेन्द्रनगर नगरपालिकाका वातावरण तथा विपद उपशाखा प्रमुख यामलाल गिरीले बताउछन् ।मध्यपश्चिम बिश्वबिद्यालयको वातावरण तथा जलबायु संकायका डिन सुदीप ठकुरी भन्छन्, “प्राकृतिक रुपमा पाइने पातको प्रयोगले प्लाष्टिकजन्य वस्तु प्रयोगमा कमि ल्याईरहेको छ । दुना टपरीले प्रयोगले जलवायुमा पनि असर पर्देन । र व्यवस्थापन गर्न पनि सहज हुन्छ ।

रुखबाट झरेर पात आखिर जंगलमै कुहिएर जाने हो तर यसलाई टिपेर यसरी दुनाटपरी बनाउदा आयआर्जन सँगै वातावरणीय रुपमा पनि राम्रो हुन्छ । दुनाटपरी प्रयोग पछि व्यवस्थापन गर्दा मल बन्छ । यसरी मल बनाउने र हरित गृह ग्याँस उत्पादनमा पनि सहयोग हुन्छ । तर, स्थानीय सरकारसंग फोहोरबाट ग्यांस निकाल्ने बारे कुनै योजना छैन ।

स्थानीय स्तरका बेरोजगार जनशक्तीलाई उत्पादनमा जोड्न दुना टपरी उद्योगको विशेषता रहेको उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेल बताउछन्।उनी भन्छन्, “सरकारले पनि सानो लगानीबाट नागरिकको जीवीकोपार्जनका लागि राहत दिने यस्ता खालका उद्योगहरुलाई दर्ता गर्न सहजता हुने गरी काुननी व्यवस्था गर्नुपर्छ ।” वीरेन्द्रनगर नगर प्रमूख मोहनमाया ढकालले दुनाटपरी उद्योगलाई प्रवद्र्धन गर्ने योजनाका बारेमा छलफल भईरहेको बताउछिन् । दुना टपरी उद्योग संचालकहरुले माग सहित सहयोगका कार्यक्रमहरु प्रस्ताव पेश गर्न अनुरोध गर्छिन् । तर, अहिले सम्म त्यस्ता प्रस्तावहरु नआएको उनि बताउछिन् । ढकालले फोहोरबाट ग्यास निकाल्नका लागि नगरपालिकासँग तत्काल कुनै योजना नभएको बताईन् ।
ग्रिन ग्रोथमा महिलाको भुमिका
रामजानकी दुना टपरी उद्योग सञ्चालन गरिरहेका ती महिलाहरुले पात टिपेको क्षतिपुर्तिका रुपमा सामुहिक वृक्षारोपण गर्छन् । सामुदायिक बनका अध्यक्ष जगतबहादुर भण्डारीले चिसापानीको सामुदायीक वनमा महिलाहरुले अनावश्यक झारीहरु फाँडेर सरसफाईको काम गरिरहेका बताउछन् । छाडा पशुचौपाया पनि नियन्त्रणमा छन् । काठ तस्करी रोकिएको छ। उनका अनुसार महिलाहरु पात संकलनका लागि जंगल जाँदा वनपैदावर तथा वन्यजन्तुको चोरी निकासी, वन फडानी नियन्त्रणमा सघाउ पुगिरहेको छ । सरकारसंग पनि जंगलमा खेर गइरहेका वन पैदावारको स्थानीयस्तरमा खपत गर्ने नीति नभएकोको जंगल व्यवस्थापन सजिलो नभएको अध्यक्ष भण्डारीको भनाई छ ।

कर्णाली प्रदेश वन निर्देशनालयका सुचना अधिकारी सुर्य शर्माका अनुसार महिलाहरुले वनजंगल संरक्षणको निर्णय लिदां पुरुषहरुलाई पनि सहभागी गराउने गर्छेन् । महिलाहरु संवेदनशील र प्रकृती निकट हुने भएकोले ‘रुख कटान, विक्रि वितरण जस्ता काम नियन्त्रणमा आएका छन् । “महिलाले जिम्मेवारी लिएका वनहरुमा पनि आर्थिक पार्दशी हुने गरेको छ ।- शर्माले भने । नीति पालना गरेर काम गर्ने हुदां सामुदायीक वन संरक्षणमा महिलाहरु सफल देखिएको वन निर्देशनालयका सहायक वन अधिकृत थापाले बताउछन् ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सुर्खेतमा कार्यरत वातावरण निरिक्षक केशव बस्यालका अनुसार प्रदेश वातावरण संरक्षण ऐन २०७७ अनुसार सुर्खेत जिल्लामा पनि हरियाली क्षेत्रको प्रवद्धनको काम भईराखेको छ । नगर हयिाली प्रवद्धन कार्यक्रम, पार्क निर्माण, जलाधार व्यवस्थापन, महिला कृषि हरियाली वन प्रर्वधन कार्यक्रम कार्यन्वयनमा आएका छन् । अरबन फरेस्टका लागि मन्त्रालयले करिब १३ लाख बिरुवाहरु सामुदायीक वनलाई उपलब्ध गराईसकेको छ।
सुर्खेतको हरित वृद्धिको लागि सामुदायकि वनका महिलाहरुले श्रम र समय दुबै खर्चेको वस्याल बताउछन्। वस्यालका अनुसार वीरेन्द्रनगरको पुर्वमा रहेको धुलाविटदेखी पश्चिम बागेंसिमलसम्म एक हजार विरुवा प्रदेश वन निर्देशनालयबाट विक्षारोपण भईसकेको छ । यद्यपी, कर्णाली प्रदेशको वायुको गुणस्तरीयताको अवस्था मापन गर्ने मन्त्रालयले प्रवृधिहरुको मर्मत भने गरेको छैन ।
वनमा महिला नेतृत्व
वन उपभोक्ता महासङ्ग कर्णाली प्रदेशका अध्यक्ष भवानीप्रसाद अधिकारले कर्णाली प्रदेशमा सामुदायिक वन मार्फत दुना टपरीको व्यसाय बिस्तार भईराखेको छ । वन नियमावली अन्तर्गतको सामुदायिक वन मार्गदर्शन २०६५ मा वन व्यवस्थापन, स्रोत र कोष परिचालनमा महिलाको सहभागीता बढाउने नीतिले पनि सामुदायीक वनको नेतृत्व लिन अवसर महिलाले पाएका हुन् । वन उपभोक्ता महासङ्ग सुर्खेतका अध्यक्ष चन्द्र प्रसाद थानीका अनुसार पनि ‘महिलाले चलाएका वनका गतिविधि विवाद रहित र आर्थिक रूपमा पारदर्शी छन् ।

कर्णाली प्रदेश वन निर्देशनालयका सूचना अधिकारी सुर्य शर्माका अनुसार सामुदायिक वनको उपभोक्ता समितिमा अनिवार्य ५० प्रतिशत महिला हुनै पर्ने प्रावधानले दुना टपरी उद्योग संचालन गरिरहेका महिलाहरुले नेतृत्व लिने अवसर पाएका हुन् । २०७३ सालदेखि शिवशक्ती सामुदायीक वनमा स्थानीय महिला मिना आर्चायले नेतृत्व लिएपछि वनमा धेरै परिवर्तन आएको स्थानीय वातावरण संरक्षणमा काम गरिरहेका अधिकारीहरु बताउछन् ।
शिव शक्ती सामुदायीक वनमा तारबार गरि चरिचरण रोकिएको छ । दुईवटा पोखरीमा पानी पुनर्भरण र ४ वटा रिचार्ज पोखरी र दुईवटा खाने पानीका धारा निर्माण भईसकेका आचार्य बताउछिन्। शवशक्ती सामुदायकि वनले जंगल फडानी र आगलागी नियन्त्रण महत्वपुर्ण भुमिका निर्वाह गर्दे आएको शर्मा बताउछन् ।

मिनाको समुहले वन संरक्षणमा देखाएको सक्रियता देखाएपछि पुरुषहरुको पनि वन संरक्षणमा सक्रियता बढेको अध्यक्ष अधिकारी बताउछन् । सामुदायीक वनबाट थप आयआर्जनको लागि अमृसो रोप्ने र त्यसको सामुहिक संरक्षण पनि गर्दे आएको आचार्य बताउछिन् । सामुदायीक वनमै रिचार्ज पोखरीहरु बनेपछि गरेपछि जंगली जनावरलाई पानी पिउन बस्तीसम्म पुग्ने जोखिम कम भएको वडा १० र ११ का स्थानिय बताउछन् ।
फोहोरमैला व्यवस्थापन
सुर्खेतको वीरेन्द्रनगरमा दैनिक कुईने र नकुईने गरि कुल १२ टन फोहोर उत्पादन हुन्छ । वीरेन्द्रनगर फोहोर व्यवस्थापन क्षेत्रमा अध्ययन गरिरहेका कृष्णप्रसाद ढकालका अनुसार प्लाष्टिक प्रशोधन गर्ने, कागज प्रशोधन गर्ने र कुहिने फोहोरको उधोग संचालन गर्ने सकिन्छ । केपी व्यवसायीक केन्द्रमार्फत २०७६ सालदेखि नगरउन्मुख फोहोरबाट प्राङ्गारिक मल तथा ग्याँस उत्पादन उद्योग सुरु भईरहेको छ ।
उद्योगले फोहोरको प्रयोगबाट प्रांगारिक मल तथा ग्यास उत्पादन गर्दे आएको ढकाल छ । ढकाल भन्छन्, “मल बजारमा बिक्रि गर्ने गरेका छौँ भने ग्यासबाट खाना पकाउने र गाडी चलाईरहेका छौँ ।” उन्का अनुसार बजारमा हाल २ सय किलो ग्यास उत्पादन हुन्छ । त्यसैबाट दैनिक ३ वटा अटो पनि चलेको छ । बाँकी ग्यासको खपत भईरहेको छैन् । हामीले ग्यास उत्पादन गरेका छौ तर बजार माग अनुसार उत्पादन हुन धेरै चाहिन्छ जुन अहिले अलि सम्भव छैन तर भएका ग्याँसको बजारीकरणमा नगरपालिकाले समन्वय गर्न पर्छ । वन तथा जंगलबाट पनि सुकेका पातपतिंगरहरु पनि संकलन गरी बायो ग्यास उत्पादन गरिएको ढकाल बताउछन् ।

वीरेन्द्रनगरमा पछिल्लो समय बस्ति विकास भएसँगै फोहोर व्यवस्थापन चुनौतिपुर्ण बन्दै गएको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल बताउछिन् । कुहिने फोहोर व्यवस्थापनको लागि कौशि खेती, किचन गार्डेननको कामलाई नगरपालिकाले मल, बिउ जस्ता आवश्यक वस्तुहरुका लागि सहजिकरण गर्ने देखि राम्रो गर्नेलाई सम्मान गर्ने समेत बताएको छ । दुना, टपरी जस्ता पातपतिंगरको प्रयोगबाट वायु ग्यास उत्पादन र वितरणका गर्ने योजना बारेमा पनि छलफल भईरहेको ढकालले बताईन् । सन् २०२४ मा वातावरण विपद व्यवस्थापन तथा फोहोरमैला व्यवस्थापनको लागि उत्कृष्ट नगरपालिका रुपमा सुर्खेत जिल्ला पुरस्कृत भएको हो । नगरक्षेत्र भित्र गरेको बृक्षारोपण, सरसफाई, बिपद् व्यवस्थापन राम्रो भएकोे कारण उक्त पुरस्कार पाएको ढकालले बताईन् ।
वीरेन्द्रनगर नगरपालिका विपद् व्यवस्थापन शाखामा कार्यरत यमलाल गिरीका अनुसार नगरपालिकाबाट नकुईने फोहोर व्यवस्थापन कार्य प्रभावकारी रुपमा भईरहेको छ । गिरीका अनुसार कुईने फोहोर नगरबाट बायोग्यास उत्पादक व्यवसायीलाई पठाउने गरिएको छ ।
नगर क्षेत्रबाट संकलन हुने फोहोरबाट उत्पादन भएको ग्याँसको प्रयोग गरि अटो सञ्चालन भइरहेको छ । वन डढेलो नियन्त्रणका लागि नगरमा तालिम प्राप्त जनशक्ति सहित दमकलको व्यवस्था गरिएको छ वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लोकबहादुर शाहीले भने, वहिले वनमा झर्न थालेको पातहरु जंगलमै खस्थ्यो ।
आगलागी नियन्त्रण गर्न अफ्ठ्यारो हुन्थ्यो । अहिले झर्न थालेका पातहरु दुनाटपरी बनाउन प्रयोग हुन थालेपछि जंगलमा आगलागी कम भएको छ । विपत व्यवस्थापन शाखाले डढेलो नियन्त्रणका लागि हरेक वडालाई ५० हजारका दरले बजेट बिनियोजन गरी सचेतनामुलक कार्यक्रम संचालन गर्दे आएको छ ।
झण्डै १७ बर्षदेखी सुर्खेतमा चाट पसल गरिरहेका युवा व्यवसायी सन्दीप यादवले भने, “पहिले पहिले सुर्खेतमा दुना टपरी नै पाईदैन थियो । प्लाष्टिक प्लेटमा चाट बिक्रि बितरण गथ्र्यौँ । त्यसलाई व्यवस्थापन गर्न पनि झन्झट हुन्थ्यो। २०७४ सालदेखी दुनाटपरी नै प्रयोग गर्न थालेपछि अहिले बोरामा जम्मा गरेका दुनाटपरीहरु नगरले लगिदिन्छ । यसले वातावरण प्रदुषण न्यूनिकरण गर्न पनि सहयोग पुगेको छ ।”
प्रतिक्रिया