नेपाल बैंकको साधारण सभा सम्पन्न

94
Shares

काठमाडौं
नेपाल बैंकको ६५औं साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंगेनीको अध्यक्षतामा बसेको उक्त सभाले आर्थिक वर्ष २०८०÷८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू पारित गरेको छ ।
सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१÷८२ को लेखापरीक्षणका लागि तीन जना चाटर्ड एकाउन्टेन्टहरूलाई लेखापरीक्षकको रूपमा नियुक्त गर्ने प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको छ ।