गएको सातामात्र चक्रवात (समुद्री आँधी) अलफ्रेडले प्रभावित अस्ट्रेलियाली राज्य क्विन्सल्याण्ड राम्रोसँग नतङ्ग्रिँदै राजधानी ब्रिसबेनमा हालै आयोजित नेपथ्य कन्सर्टमा त्यसको कुनै छनक देखिएन।
चक्रवातको पीडा बिर्सेर दर्शक नेपथ्यसँगै झुमे। क्यानबेरा र पर्थका दर्शकमाझ प्रस्तुत भइसकेपछि नेपथ्य ब्यान्ड कन्सर्टका लागि ब्रिसबेन पुगेको थियो। कन्सर्टको थालनी कोशीको पानी गीतबाट भयो। गीतको बीचबीचमा आप्mनो भनाइ राख्दै गायक अमृत गुरुङले जस्तोसुकै संकटलाई पनि मिलेर सामना गर्ने नेपालीको बानी विदेशमा पनि कायम राख्न र मानवता एवं सहयोगी भावना विकास गर्न अनुरोध गरे।
अमृतले छेक्यो छेक्यो गीत सुनाएलगत्तै ‘अब म मेरो बैंसको गीत सुनाउँछु’ भन्दै आँगनैभरि गाए। गायक अमृतले शुक्रबार नै दिवङ्गत भएका साहित्यकार लीलबहादुर क्षेत्रीलाई सम्झे। ‘आप्mनो गाउँठाउँ छाडेर बसाईं सर्नेहरूको अमर कथा लेख्ने क्षेत्रीलाई हामी नेपालीले कहिल्यै बिर्सने छैनौँ’ उनले भने, यो गीत आज उहाँलाई नै समर्पण गर्छु।’
ब्यान्ड र व्यवस्थापनको १४ सदस्यीय टोलीमध्ये मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
प्रतिक्रिया