एकसाथ तीन भिडियाे


डा. रुद्रनाथ अधिकारीले राजधानीमा एक कार्यक्रम आयोजना गरी एकसाथ ३ गीतको भिडियो सार्वजनिक गरेका छन्।


डा. अधिकारीले राष्ट्र भक्ति गीत अब अति भइसक्यो जागौँ, मातृभक्ति गीत आमा र प्रेमिल गीत आउन माया आउ मेरो हात समाउ बोलका तीन गीतको भिडियो सार्वजनिक गरेका हुन्।

गीतकार राजेन्द्र्र थापा, गीतकार संघका पूर्वअध्यक्ष चुडामणि देवकोटा, गीतकार एसपी कोइराला, गीतकार एवम् संविधानविद् भीमार्जुन आचार्यलगायतले ती गीत र तीनको भिडियो सामूहिकरूपमा सार्वजनिक गरेका हुन्।

अधिकारीको शब्द रहेको तीन गीत प्रमोद खरेल, निशान भट्टराई, स्वरुपराज आचार्य, दीपक लिम्बु, सदिक्षा कट्टेल र रोजिना बस्नेतलगायतले गाएका छन् भने गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन्।