कालिञ्चोकको ३ हजार ८ सय ४२ मिटर अग्लो टापुमा फेसन रनवे

1.88k
Shares

दोलखा ।

धार्मिक एवम् प्राकृतिक महत्वको कालिञ्चोकको टापुमा हाइ अल्टिच्युट एन प्लस कालिञ्चोक फेसन रनवे– २०८१ (सिजन– २) सम्पन्न भएको छ।


ब्राइट इभेन्ट म्यानेजमेन्ट दोलखाले आयोजना गरेको फेसन रनवेमा लोकप्रिय अभिनेत्री करिश्मा मानन्धर शो स्टपर रहेकी थिइन्। ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको कालिञ्चोक टाकुरामा नेपालमै पहिलोपटक यो कार्यक्रम भएको प्रोपाइटर राजन बुढाथोकीले जानकारी गराए। प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर र कालिञ्चोकबाट देखिने हिमश्रृङ्खलाको थप पर्यटकीय प्रवद्र्धनका लागि कार्यक्रम आयोजना गरिएको उनले बताए।


फेसन रनवेमा अभिनेत्री करिश्मा मानन्धरसँगै ३० जना मोडलले ¥याम्प नापेका थिए। फेसन रनवेमा मिस ग्राण्ड पेमा लामगाडे, फरक क्षमता भएका कलाकार सुजल बम, म्यानहन्ट इन्टरनेसनल– २०१२ सनिस शाक्यलगायत सहभागी थिए। ब्राइट इभेन्ट म्यानेजमेन्ट दोलखाले सन् २०१८ मा जिल्लामै पहिलोपटक मिस दोलखासमेत आयोजना गरेको थियो।