अस्कल क्याम्पस स्ववियु सचिवमा शाहीको उम्मेदवारी 


काठमाडौँ। 

अनेरास्ववियुका गोपालबहादुर शाहीले अस्कल क्याम्पस स्ववियु सचिवमा  उम्मेदवारी दिने भएका छन् ।  यही चैत्र १० गते हुने  स्ववियु निर्वाचनमा  आफूले उम्मेदवारी दिने शाहीले बताए ।

शाही अहिले बिएस्सी चौथो बर्ष भौतिकशास्त्रमा अध्ययनरत विद्यार्थी हुन्।

  विद्यार्थीका हक हितका लागि क्याम्पसमा सक्रिय रहँदै आएका शाहीले आगामी दिनमा पनि विद्यार्थीको सुखदुखमा साथ दिँदै विद्यार्थीको पक्षमा काम गर्नका लागि योजनाबद्ध काम गर्ने बताए । 

यस्तै क्याम्पस स्ववियु सचिवमा अरु दुई जनाले पनि उम्मेदवारी दिने बताएका छन्।

त्रिविले देशैभरी चैत्र-५ मा स्ववियु निर्वाचन तोकेको थियो। केही क्याम्पसमा तोकेकै समयमा चुनाव सम्पन्न भए पनि केही क्याम्पसहरुमा भने  विभिन्न कारणले चुनाव  स्थगित भएको थियो। 

अखिल क्रान्तिकारीले तालाबन्दी गरेका कारण अस्कल क्याम्पस लैनचौरमा पनि चुनाव स्थगित भएको थियो। चैत्र ५ गते हुन नसकेको चुनाव सरेर चैत्र १० गते हुन लागेको हो। । आइतबार अस्कल क्याम्पसमा स्ववियु चुनाव हुँदैछ।