उदयपुर ।
उदयपुरकाे गाईघाटमा शुक्रवार अन्तर्राष्ट्रिय कविता दिवसका दिन उदयपुर साहित्य कला प्रतिष्ठानले दाेस्राे वार्षिकाेत्सवकाे अवसर पारेर छ जना स्रष्टालाई सम्मान गरेको छ ।
नेपाली भाषा साहित्य कला गीत सङ्गीत तथा अभिनयका क्षेत्रमा लामाे समयदेखि लागि रहेका छ जना स्रष्टाहरुलाई खादा र सम्मानपत्रसहित सम्मान गरिएकाे छ ।
उदयपुर साहित्य कला प्रतिष्ठानकाे आयाेजनामा भएकाे साे कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राध्यापक डाक्टर खेमराज खनालले साहित्य समाजको ऐना मात्र नभएर पथ प्रदर्शक पनि भएकोले समाजलाई समुन्नत बनाउन साहित्यकारकाे भूमिका महत्वपूर्ण हुने बताए ।

प्रमुख अतिथि खनालले स्रष्टाले इमान्दारिताकाे, अनुशासनको र समाजलाई अग्रगामी बाटाेमा लैजाने झाेला बाेकेर हिड्नु आजकाे आवश्यकता रहेकाे बताए ।
साे कार्यक्रम प्रमुख अतिथि खनाल र विशिष्ट अतिथि शिक्षा समन्वय एकाईका प्रमुख भवानी प्रसाद कट्टेलले सम्मानित स्रष्टाहरु हास्य टेलिश्रृङ्खलाका कलाकार स्यालबुढा उर्फ धर्मराज भट्टराई,उदयपुरका पहिलाे कथाकार शारदाप्रसाद भट्टराई, उदयपुरकै पहिलाे महाकाव्यकार उद्धव घिमिरे,उदयपुरकी नारी हस्ताक्षर सम्झना असफल, उदयपुरका पुराना कवि २०२३ सालमा कविता प्रकाशन गर्ने गाेवर्धन तामाङ र मरणाेपरान्त पुराना साहित्यकार हामी सबैका प्रेरणाका श्राेतका रुपमा रहेका शताब्दी पुरुष एवम् उदयपुर र खाेटाङका इतिहास पुरुष तुलसीप्रसाद रेग्मीलाई खादा लगाएर सम्मानपत्र सहित सम्मान गरिएकाे छ ।
उक्त कार्यक्रममा भवानी कट्टेल, उद्धव घिमिरे,वृष बहादुर तामाङ,शारदाप्रसाद भट्टराई,धर्मराज भट्टराई,राममणि पाेखरेल,माधव पाेेखरेल गाेज्याङ्ग्रे, ज्वाला भट्टराई, सम्झना असफल, विष्णु बहादुर खड्का, कीर्ति बहादुर खड्का शैलेन्द्र खतिवडा,कुमार कोइराला, खिलानाथ घिमिरे,सिमा मास्के, सुधा भट्टराई, सामना भट्टराई , गाेपाल कीर्ति, गाेठकृष्ण ठकुरी ,रमेशचन्द्र ढुङ्गाना लगायतकाले शुभकामना मन्तव्य सहित रचना वाचन गरेका थिए ।

उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा कैलाशकुमार राई काे अध्यक्षतामा र सचिव सरिता पाैडेल गुरागाईकाे संचालनमा भएकाे उक्त कार्यक्रममा त्रियुगा सङ्गीत विद्यालयका निर्देशक शैलेन्द्र खतिवडा , अध्यक्ष रमेशचन्द्र ढुङ्गाना र त्रियुगा सङ्गीत विद्यालयका प्रशिक्षार्थी भाइ बहिनीहरुले साङ्गीतिक प्रस्तुति दिएका थिए । संचालनमा भएकाे उक्त कार्यक्रममा त्रियुगा सङ्गीत विद्यालयका निर्देशक शैलेन्द्र खतिवडा , अध्यक्ष रमेशचन्द्र ढुङ्गाना र त्रियुगा सङ्गीत विद्यालयका प्रशिक्षार्थी भाइ बहिनीहरुले साङ्गीतिक प्रस्तुति दिएका थिए ।











प्रतिक्रिया