ठोरी ।
ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जारी ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्गत मधेसको अन्तिम कार्यक्रममा कांग्रेस उपसभापति माओवादीमा प्रवेश गरेका हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार पर्सा जिल्ला ठोरी गाउँपालिकामा जनभेटघाट तथा जनसभामार्फत नेपाली कांग्रेस ठोरी गाउँपालिका उपसभापति केदारबहादुर देउजा पार्टीमा प्रवेश गरेका हुन् ।
देउजा लगायत विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकालाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।
प्रतिक्रिया