सरकार परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री राणा


काठमाडौं । 

परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फर्किएकी छिन् । झन्डै १२ दिने लामो भारत भ्रमण सकेर अपराह्न उनी स्वदेश फर्किएकी हुन् ।

 त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेको जनाइन भने प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि समय नै नमागेकाले भेट हुन नसकेको प्रस्टीकरण दिएकी छिन् ।

 उनले भारतले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार परिवर्तन गर्न खोजेको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि बताएकी छिन् । ‘भारतको त्यस्तो (सरकार परिवर्तन) गराउने भन्ने कुनै आशय छैन, यही डेम्रोक्याटिक सिस्टमलाई अगाडी जानु पर्छ भन्ने नै छ ।