त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित


काठमाडौँ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । स्ववियु निर्वाचन समितिले एक सूचना जारी गर्दै स्ववियु निर्वाचनको कार्यक्रम स्थगित भएको जनाएको हो ।

स्ववियु निर्वाचनको विषयमा उच्च अदालत पाटनमा मुद्दा परेको छ । उक्त मुद्दामाथि अन्तरिम आदेश दिने वा नदिने विषयमा आजका लागी पेशी तोकिएको थियो ।

उक्त पेसीबारे त्रिविलाई जानकारी दिनु भनी आदेश समेत दिएको थियो । आज अदालतमा उपस्थित हुँदा अन्य विपक्षीको नाममा म्याद तामेल नभएकाले अन्तरिम आदेशका लागि १० गते तोकिएको छ ।

अन्तरिम आदेशको छलफलको टुङ्गो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृत प्राडा कृष्णप्रसाद न्यौपानेले जारी गरेको सूचनामा उल्लेख छ ।