काठमाडौं ।
भाटभटेनी सुपरमार्केटको समान बोकेको ट्रक समातिए पछि संसदमा प्रश्न उठेको छ ।
नेकपा माओवादी केन्द्रका सांसद हरी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सो ट्रक पक्राउ परेपछि संरक्षण नगरी कारबाही गर्न पनि माग गरेका छन् ।
प्रहरी चेकपोस्ट खुर्सानीवारीमा मङ्गलवार राती खटिएको टोली सो ट्रक पक्राउ गरेको थियो । ना.६ ख ५४९६ नंम्वरको ट्रकबाट ९३ डब्बा सामाग्री बरामद भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुमेह पाण्डेले जानकारी दिए । उनका अनुसार ९३ डब्बामा अवैध ७ सय ४० वटा विद्युतीय सिगरेट फेला परेको हो । बरामद भएको सामाग्रीको अन्दाजी मूल्य २२ लाख २० हजार रहेको छ ।
साेही सबालललाइ लिएर संसदमा प्रश्न उठेकाे हाे ।
एमालेका जग्गा दाता मिनबहादुर गुरूङको समान लिएर आएको ट्रकमा अवैध भेप भेटिएको छ, जग्गा दाता भने पछि कुनै कारबाही नहुने हो कि के हो ? भन्दै सांसद झाले प्रश्न उठाए । ‘भाटभटेनी सुपरस्टोरको समान लिएर आएको ट्रकबाट ७४० थान भेप समातिएको छ, प्रधानमन्त्रीको पार्टी बनाउने दाता भएकाले त्यसलाइ संरक्षण नगरियोस् भन्न चाहन्छु’ झाले भने ।
उता, माओवादी सांसद कार्कीले पनि सो विषय संसदमा उठाएका हुन् । ‘ना ६ ख ५४९६ ट्रक तातोपानी भन्सार नाका, अस्थायी प्रहरी चौकी बार्हबिसेले समातेको छ, यो ट्रक भाटभटेनीको साउको भएको खुलेको छ, यसमा छानबिन गर्न जरुरी छ,’ उनले भने ।
बरामद भएका सामाग्रीसहित चालक भोटेकोसी गाउँपालिका- २ का प्रवीण खत्री र ट्रक नियन्त्रणमा लिई राजस्व कार्यालय हरिहर भवनमा पटाइएको सिन्धुपाल्चोक प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया