बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार


काठमाडौं ।

बलात्कार मुद्दाका एक थुनुवा ललितपुरको पाटन अस्पतालबाट भागेका छन् ।

प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद भागेका हुन् । थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो ।

सो क्रमा शौचालय जाने भनेर छिरेका उनी फरार भएका हुन । उनी झ्यालबाट हामफालेर भागेको पाइएको छ ।

फरार थुनुवाको खोजी भइरहेको छ ।