मुलुकप्रति चिन्ता खोइ ?


अहिले मानिसको चाहना नै राजनीतिमा जाने र सजिलो तरिकाले पैसा कमाउने भइसकेको छ । यसको लागि जे पनि गर्ने मानिसहरुको मानसिकता भएको छ । एकातिरबाट हेर्दा मुलुकको विकास पनि भइराखेको जस्तो देखिन्छ, अर्कोतिर अहिले महँगी, बेरोजगार, अशान्त वातावरणले मुलुक झन् खस्किराखेको आभास भएको छ ।

शायद यही कारणले मुलुकमा अशान्ति बढेको देखिन्छ । त्यसैले पनि राजतन्त्रको माग भइरहेको छ । यो देशको लागि राम्रो लक्षण होइन । पछिल्लोपटक संविधान जारी भएको पनि १० वर्ष बित्न लाग्यो । तर पनि मानिसले आफ्नो जीवन धान्न मुस्किल हुनु, व्यापार चौपट हुनु, बेरोजगार बढ्नु, महँगी बढ्नु शायद यिनै कारणले गर्दा देशमा लोकतन्त्र आएर पनि मानिसको यो हबिगत होला भनेर कसैले सोचेका थिएनन् । तर जुन कुरा सत्य हो त्यसलाई वर्णन गर्नु जरुरी पनि छ ।

अहिले मुलुकमा आर्थिक मन्दीका कारण लोकतन्त्र÷गणतन्त्र आएर पनि मानिसहरु उति खुशी छैनन् । कारण देशको अवस्था नै जता हे¥यो त्यस्तै नाजुक छ । देशमा जलविद्युत्, पर्यटन, कृषिजस्ता ठूला–ठूला प्रोजेक्टहरुले फड्को मार्न सकिराखेका छैनन् । हाम्रो देशले मनग्य आम्दानी गरेर स्वदेशमा नै रोजगारको सृजना गरी बेरोजगार समस्या समाधान गर्न सकेको छैन ।

नेपालीहरुको दुर्भाग्य भन्ने कि हाम्रो राम्रो दिन नआएको भन्ने ? त्यो कुरा भने बुझ्न सकिएन । मुलुक हाँक्नेहरु र प्रतिपक्षहरुको कुर्सीको खिचातानीका कारण नेपालीहरुको राम्रा दिन र जिन्दगी खेर गइराखेको देखिन्छ । एकातिर देशमा बाँझो जमिन अपार छ तर सरकारको राम्रो भिजन र उदार मनको कमीले गर्दा यसबाट हामीले फाइदा लिन सकिराखेका छैनौं । त्यसकारण अब यस्तो हुन भएन, कुर्सीमा बस्नेहरु राम्रो सोच लिएर बदलिनु जरुरी छ । नत्र अन्य पक्षको हाबी नहोला भन्न सकिन्न ।

दलहरुले आफ्नो भविष्य मजबुत पार्नका लागि पर्याप्त कार्यकर्ताहरु पालेका हुन्छन् । देशमा खुट्टा तान्ने संस्कार हाबी छ । चाकडीको विकास भएको छ । आर्थिक नोक्सानका साथै कलहको विकास भइरहेको छ । यस्ता कुराहरु पनि धेरै कार्यकर्ता र चाकडी प्रथाले नै भइराखेको मान्न सकिन्छ । जुन सरकार आए पनि खालि आफ्नै मात्र फाइदा सोच्नु, मुलुक बनाउनको लागि राम्रो भिजन तर्जुमा गर्ने क्षमता नहुनु, एक–आपसमा कलह तथा मनमुटाव हुनु आदिले गर्दा नै मुलुक अगाडि नबढेको मान्न सकिन्छ ।

मुलुक कस्तो बनाउने भन्ने त्यो देशको सरकारको हातमा हुन्छ । सही र भिजन भएको सरकार भयो भने मुलुक बन्न धेरै कुर्नुपर्दैन । नेपालको परिप्रेक्ष्यमा भन्दा खाली आफ्नो दुनो सोझ्याउने कार्यले मुलुक अगाडि बढ्न सकेन । त्यसैले अब देशको कायापलट गर्ने हो भने सबै पक्ष बदलिनु जरुरी छ । चाकडीबाज, खुट्टा तान्ने, गलत किसिमले पैसा कमाउने प्रवृत्ति अन्त्य गर्नका लागि जनचेतना जगाउनु जरुरी छ । सरकारमा रहनेहरुले आफ्नो र आफ्नो दल, परिवारको चिन्ता गर्न छोडी उदार मन लिएर बदलिनुपर्छ । अहिलेको समय भनेको मुलुकलाई परनिर्भर हुनबाट बचाउने हो ।

संघीयताले गर्दा देशमा आर्थिक बोझबाहेक खासै फाइदा देखाएको छैन । यदि संघीयता खारेज गर्न नसकेमा खर्च धान्न निकै गाह्रो पर्ने हुन्छ । अब सरकारले उदार मन लिएर देशमा भएका उत्पादन एवं अन्य आयस्रोतलाई बढाउनको लागि लगानीकर्ताहरुलाई आकर्षित गर्नुप¥यो । उनीहरुलाई कर खुकुलो गर्ने र सुरक्षा दिई हौसला एवं प्रोत्साहन दिनुप¥यो । सरकारबाहिर रहनेहरुले पनि खुट्टा तान्ने प्रवृत्ति त्याग्नुप¥यो । मुलुकप्रति चिन्ता भयो भने मात्र देश बन्ने हो ।
– सकुन थापा, तनहुँ ।