तीजलाई जनै हराएको बाहुन

940
Shares

आमालाई सुख दिन छोराले गर्ने संघर्षको कथामा बन्ने फिल्म जनै हराएको बाहुनको निर्माणअघि नै रिलिज डेट घोषणा गरिएको छ।

यो वर्षको अन्त्यसम्म सुटिङ प्mलोरमा जाने फिल्म आगामी वर्षको भदौ १० गते हरितालिका तीज नेपाल र नेपाल बाहिर एकै दिन रिलिज हुनेछ। फिल्मको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्धित गरिएको छ। अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्धित भइसकेका छन्।

फिल्मले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ। फिल्म हिमाल न्यौपानेले निर्देशन गर्नेछन्। उनको यो डेब्यु निर्देशन हुनेछ।
फिल्म आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुनेछ। निर्माणपक्षका अनुसार यो सिनेमा नेपाल र ओभरसिज मार्केटमा एकै दिन रिलिज हुनेछ।

प्रेमगीत ३ का अभिनेता मनीष राउत असोसियट निर्देशक रहने फिल्ममा कथा, पटकथा र संवाद भानुभक्त ढकाल, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजर मयंक निरौला र छायांकन नवीन गुरुङको रहनेछ। पेपरक्लिप प्रालिले निर्माण गर्ने फिल्मले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ।