खनालको निबन्ध संग्रह आत्मबोध लोकार्पण 


काठमाडौं 

पूर्व प्रशासक  तथा साहित्यकार भागवत खनालद्वारा लिखित निबन्ध सङ्ग्रह आत्मबोधको बुधवार एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । 
 प्रमुखअतिथि नेपाल सरकारका पूर्व मुख्यसचिव डा विमल कोइराला, कवि तथा साहित्यिक अभियन्ता राजेन्द्रगोपाल सिंह  र लेखक भागवत खनालले सो पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका हुन् । 

 कार्यक्रममा पुस्तकका प्रकाशक समेत रहेका  लेखकका दाजु दुर्गाप्रसाद खनालले भागवतका विभिन्न सफलताका कथाबारे प्रकाश पार्दै सो पुस्तक सिर्जनाका आधारहरु प्रस्तुत गरेका थिए  । सो कार्यक्रममा लेखक तथा साहित्यकारहरु  कृष्णमुरारी भण्डारी , सिन्धिया श्रेष्ठ, डा श्रीधर खनाल, भागरथी ज्ञवाली, पूर्णचन्द्र भट्टराई , राजीव घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए  भने सो निबन्धसंग्रहको समीक्षा पूर्व सचिव तथा लेखक कृष्ण ज्ञवालीले गरेका थिए ।

कार्यक्रमको सञ्चालन साहित्यप्रेमी केशब बहादुर थापाले गरेका थिए  । लेखक खनालले यस निवन्धसंग्रहमा आत्मखोज, आत्मस्वीकृति र आत्मबोधका यात्रालाई झल्काएका छन् । यी रचनाहरुले पाठकलाई आफूभित्रको संसारमा नदेखिएका पाटाहरुलाई देख्न र आफ्नो निजी तत्त्वको विपुलतालाई आत्मसात् गर्न प्रेरित गर्ने विश्वास लिइएको छ । 

यस निवन्धसंग्रहमा मेरो प्यारो म , जिउन बहुत कठिन छ बत्स,बाको घर,किन बूढो भाको त ?,जीवनको मूल्य,नग्नतादेखि नग्नतासम्म , मेरा लगायत ३० वटा निबन्धहरु समेटिएका छन् ।