ऊर्जामन्त्री खड्काले भने- `अब साँझ लोडसेडिङ हुन्छ´


काठमाडौं। 

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अबदेखि साँझको समय केही समय लोडसेडिङ हुने जानकारी दिएका छन् ।

 राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ सुरु भइसकेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने जानकारी दिएका हुन् ।

हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने तर्क गरेका हुन् ।

सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट र २८०० मेगावाट विद्युत् निजी क्षेत्रले उत्पादन गरिरहेको छ आज पनि विद्युत् आपूर्ति हुन सकेको नसकेको जनाए  ।

 हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,' उनले भने, 'हिजो पनि उद्योग कलकारखानाको बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ,´उनले भने, अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’

भारतले बिधुत कटौती गरे पछि पुनः मुलुक लोडसेडिङमा जान  लागेको हो