आमाले सिलाजित बेचेर पढाएको छाेरा क्याम्पसकाे स्ववियु सभापति -काँग्रेस नेता अभिषेक सिंहद्वारा उज्ज्वल भविष्यको शुभकामना 

42.58k
Shares

बझाङ। 

बझाङकाे बुङ्गल नगरपालिकामा रहेकाे त्रिवेणी आदर्श बहुमुखी क्याम्पसमा मंगलबार भएको नेपाल विद्यार्थी स्वतन्त्र युनियनको निर्वाचनमा चन्द्र बोहराको प्यानल बहुमतका साथ विजयी भएको छ । 

खसेको १ सय ९०मत मध्ये १ सय १२ मत ल्याई नेविसंघका चन्द्र बोहराको प्यानल नै  विजयी भएको हाे । उनका प्रतिस्पर्धी चार दल निकट विद्यार्थी संगठनले ७४ मत प्राप्त गरेकाे छ भने ३८मतबढिले बाेहराले चुनाव जितेका छन् । बदर ४ मत भएका छन् । त्रिवेणी आदर्श बहुमुखी क्याम्पसकाे स्ववियु सभापतिमा बाेहरा निर्वाचित भए पश्चात् नेपाली काँग्रेसका युवा नेता अभिषेक बहादुर सिंहले उज्ज्वल भविष्यको संचारमाध्यमबाट शुभकामना दिएका छन् । काँग्रेस नेता सिंहले शुभकामना दिँदै यसो भनेका छन् ।

“भाइ तिमी लगायत तिम्रो विजयी प्यानल लाई धेरै धेरै शुभकामना छ । तिमी यति कलिलाे उमेरमा  गुणस्तरीय शिक्षा,शैक्षिक सुधार र भविष्यका कर्णधारहरूका हकहित सुरक्षित गर्नका लागि आवाज उठाई र सम्बन्धी निकायलाई कार्यान्वयन गर्न सजक र सचेत गराउने गौरवशाली छातासंगठन नेपाल विद्यार्थी स्वतन्त्र युनियन (स्ववियु) काे अध्यक्षमा विजयी भएका छाै ! याे एक हाम्राे समाज काे लागि उदाहरणीय पक्ष हाे । तिम्रो पढाईसंगै राजनीतिक जीवनकाे शुभकामना भाइ साथ सप्राेट सदैव रहिरहन्छ चन्द्र” राजनीतिलाई अहिले हाम्रो समाजमा वितृष्णाको रूपमा जनमानसमा अल्झिरहेकाे छ ! राजनीति शुद्ध समाजसेवा हाे र राजनीति गर्ने व्यक्ति समाजका सेवक हुन् सबै दाजुभाइ एक हाैं निस्वार्थ भावनाको भावनात्मक सम्बन्ध हाे, भन्ने नै राजनीति हाे भन्ने सन्देश हामीले हाम्रो समाजमा दिन र बुझाउन जरुरी छ । 

८वर्षको उमेरमा बुवा गुमाएका स्ववियु अध्यक्ष चन्द्र बाेहरा बुङ्गल नगरपालिका वडानम्बर ६ उच्चाकाेट गाउँको गरिब परिवारमा हुर्केका एक व्यक्ति हुन् । 

एक दाइ लगायत ४ भाईबैनी र आमा बाेहराका परिवार सदस्य हुन् । दाइ राेजगारिकाे शिलशिलामा भारतमा काम गर्दै आएका छन् । ब्याचुलर प्रथम वर्षमा अध्ययनरत चन्द्र बाेहरा बिगतमा धेरै दु:ख पाएकाे र अहिले क्याम्पसमा भर्ना गर्न पैसा नभएर क्याम्पस परिवारले जेहन्दार विद्यार्थी भनेर निःशुल्क भर्ना गरिदिएको बुङ्गल नगरपालिका नेविसंघ संयाेजक अक्कल भण्डारीले बताए । उनले भने चन्द भाइ लगनशील पढाईमा अब्बल र ईमानदारीता भएका व्यक्ति भएको भण्डारीले बताए । नवनिर्वाचित स्वियु  सभापति चन्द्र बाेहराकी आमाले गाउँमा सिलाजित बेचेर पाल्ने  र पढाउने गरेकी थिइन्  । बोहराको लगनशीलता र काैशल देखेर स्थानीय नरेश कुँवरले धनगढीमा आफैसंग राखेर दुईबर्ष पढाउन सहयोग गरेका थिए ।  स्थानीय सरकारले नगरभित्रका गरिब जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक संस्थाकाे समन्वयमा विभिन्न विधामा विद्यार्थीको हाैसला र आत्मसम्मानका लागि विभिन्न समयमा छात्रवृत्ति वितरण गरिरहेको छ ।