काठमाडौँ।
गृह मन्त्रालयले सहसचिव र उपसचिवसहित १३ जवनाकोे सरुवा तथा पदस्थापन गरेको छ । आज (बुधबार)को निर्णयअनुसार गृहले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गर्दै सरुवा तथा पदस्थापनको सूची सार्वजनिक गरेको हो ।
जसमा मन्त्रालयले कपिलवस्तु, सुर्खेत, उदयपुर, नवलपरासी(बर्दघाट सुस्ता पूर्व), बाग्लुङ, अछाम र पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।
गृह मन्त्रालयका दिल कुमार तामाङलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पदस्थापन गरिएको छ भने कपिलवस्तुका प्रजिअ विश्व प्रकाश अर्याललाई गृह मन्त्रालयमा तानिएको छ ।
यस्तै सुर्खेतका प्रजिअ शंकरहरि आचार्य गृह मन्त्रालय, उदयपुरका प्रजिअ हरि प्रसाद घिमिरे जिल्ला प्रशासन कार्यालय पर्वतमा पठाइएको छ ।
हेर्नुहोस् सूची

प्रतिक्रिया