म्याग्दीमा जीप दुर्घटना : एक जनाको मृत्यु, ४ घाइते


पोखरा ।

 म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी थप चार जना गम्भीर घाइते भएका छन् 

मालिका गाउँपालिका–४,महभिर सुङ्रेपानीमा बुधवार बिहान ग १ ज ५६१२ नम्बर बोलेरो जीप दुर्घटना हुँदा सोही वडाको च्युरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमै मृत्यु हो ।

 जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठका अनुसार सुङ्रेपानीबाट च्युरीबोटतर्फ जाँदै गर्दा बिहान करिब साढे ६ बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुन पुगेको थियो । उनका अनुसार सो जीप ६० मिटर तल खसेको थियो । 

सो दुर्घटनामा परी चालक शेरबहादुर बिक, नगेन्द्र गोतामे, भीमप्रसाद गोतामे  र यमिन्द्र रसाइली घाइते भएका छन् ।