पाटन संयुक्त क्याम्पसमा झडप : ४ जना घाइते


काठमाडौँ।

पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरुबीच झडप भएको छ। स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबिच झडप भएको थियो । झडपका क्रममा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ र पवन शाही गम्भीर घाइते भएका छन् । त्यस्तै राजीव अधिकारी, समिक राई लगायतका नेताहरू समेत घाइते भएका छन् ।

फर्जी मतदाता बनाएर मतदान गराएकोमा त्यसलाई रोक्न खोज्दा नेविसंघले आक्रमण गरेको एमालेनिकट अनेरास्ववियुको आरोप छ । अनेरास्ववियुका अध्यक्ष समीक बडालले फर्जी मतदाता सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूलाई कारवाहीको माग गरेका छन् ।

अहिले मतदान स्थगित भएको छ।