बाजुरा।
मरेको मान्छेलाई वैतरणी नदी तार्ने नाममा जिउँदै गाईलाई नदीमा बगाउनेलाई कानुनी कारबाहीको माग गरेको छ । विश्व हिन्दु महांसंघ जिल्ला कार्यसमिति बाजुराले सोमवार दिउसो एक विज्ञेप्ती जारी गर्दै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई बुझाएको उक्त मागपत्रमा उल्लेख छ ।
यही चैत्र दुई गते सामाजिक सञ्जालमा नेपालको राष्ट्रिय जनावर हिन्दु धर्मको प्रतीक एउटा गाईलाई पापमोचनका नाममा निर्दयी तरिकाले जगन्नाथ गाउँपालिका वडा न.६ काप्री स्थित कर्णाली नदीमा जर्वजस्ती वगाएर गौहत्या भएको कार्य पति विश्व हिन्दु महांसंघ बाजुरा जिल्ला कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ विश्वहिन्दु महांसंगका केन्द्रीय सदस्य तुला पाध्याय र जिल्ला अध्यक्ष महारुद्र जोशीद्वारा हस्ताक्षरित जारी विज्ञेप्तीमा उल्लेख गरिएको छ ।
गाई राष्ट्रियजनावर मात्र नभएर हिन्दु धर्मसंस्कृती अनुसार गाई गौरको तिहार पूजा गरिने भएकोले धर्म सम्बन्धि हकको रक्षको लागि गाई एक प्रतिकका रुपमा रहने गर्दछ । पापमोचन गर्ने नाममा यसी आपराधिक क्रियाकलापबाट भिडियो सहित सामाजिक सञ्जालमा अपलोड गरेर विश्वसमुदायर्ला नै त्रङ्गित तथा त्रसित वनाउने तरिकाले गाईको हत्या भएकोले सो अपराधमा संलग्न ब्यक्तीहरुको यथसीघ्र खोज अनुसन्धान गरी प्रचलित कानुबमोजिम कडाभन्दा कडा कारबाही गरिदिनुहुन जोडदार माग गर्दछौँ, प्रजिअ पाध्ययलार्ई बुझाएको माग पत्रमा उल्लेख छ ।
गाईलाई जिउँदै नदीमा बगाएपछि मरेका मान्छेको पापकट्टी हुन्छ भन्ने रुढीवादीगत पाखण्डीपनका कारण जिउँदो गाई कर्णाली नदीमा बगाएका हुन् स्थानीयको भनाई छ ।
यही चैत्र दुईगते दिउँसो ‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका थिए । कर्णाली नदीको किनारमा समुहग मान्छे जम्मा भई गाईलाई ढुंगा मुढा बर्साइ जबरजस्त नदीमा बगाएको पीडादायी दृश्य देखाइएको थियो ।
उनीहरूले एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेटेको दृश्यले त्रसित वनएको थियो । गाई नदीमा जान डराउँछ । जति कुटेपनि किनारतिरै फर्किन जोड गरिरहेको हुन्छ।तर, ती ब्यत्तीहरुले गाईलाई ढुंगा, डोरी र लौरोले यति धेरै पिट्छन् कि त्यसको पीडा सहन नसकी गाई नदीमा पुग्छ ।
गाई फेरि किनारमा फर्कन्छ । यद्यपि उनीहरूले गाईलाई यत्तिकै छाड्दैनन् । फेरि अर्को ठाउँमा लगेर बलजफ्ती नदीतर्फ लखेट्छन् । गाई पानीमा जान डराउँछ । तब पछाडि बसेका व्यक्तिहरूले ढुंगाले हान्दै लखेट्छन् । गाई नदी वेगसँगै बग्न थाल्छ।
नदीमा डुब्दै गरेको गाई पटक–पटक किनारतर्फ फर्कन खोज्छ । तर, युवाहरूले निरन्तर ढुंगा बर्साइरहन्छन् । त्यो अबोध र निरीह प्राणी ढुंगाको चोट सहँदै नदीमा तैरिन खोज्छ।
त्यो अत्यासलाग्दो दृश्य कर्णाली नदीमा खिचेर स्थानीय पत्रकार डम्बरबहादुर बीसीले गत शनिवार राति सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
स्थानीय साउने सार्की नामक व्यक्ति मृत्यु भएपछि दाहसंस्कार लागि मलामी गएका व्यक्तिले यस्तो हर्कत गरेका थिए । परम्पराको नाममा बाजुरामा पहिलेदेखि नै यस्ता कृत्य हुँदै आएको स्थानीयले बताए ।
‘गाउँमा कसैको मृत्यु भएपछि नदीमा डुबाएर गौदान दिने गरिन्छ’ उनी भन्छन्, ‘यसरी गौदान गर्दा पापमुक्त हुने अन्धविश्वास छ ।’
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार यस कुकार्यमा संलग्न मान्छेको खोजी कार्य भइरहेको छ। आवश्यक छानबिन गरी कानुनअनुसार उनीहरुलाई कारबाही हुन्छ । यस किसिमको कृत्य रोक्ने प्रयास गरिरहेका छौं प्रजिअ पाध्याले भने । यो कुप्रथा रोक्नका लागि हामी निरन्तर प्रयासमा छौं । ‘
गरुण पुराणमा मृतक मान्छेको पापकट्टी अर्थात् मोक्ष प्राप्त गरी गोलोकमा जाने बाटो खुला गर्न गाईको मुर्ती वनाएर सुनचाँदीको साँघुँको प्रतीक बनाई वैतरणी नदी पार गराउने धार्मिक सांस्कृतिक प्रचलन छ । तर जिउँदो गाईलाई कष्ट दिएर नदीमा वगाउनु भन्ने कहीँ लेखेको छैन ब्रहामण जयराज उपाध्यायले बताए ।
प्रतिक्रिया