कवि तथा गीतकार दिनेश अधिकारीको कविता कृति पानीको परेड शनिवार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।
कवि अधिकारीले कविद्वय डा. नवराज लम्साल र मोमिलालाई कवितासंग्रह उपहार प्रदान गर्दै पानीको परेड सार्वजनिक गरेका हुन्। कवि तथा गीतकार डा. लम्सालले कवि अधिकारी वस्तुगत चेतनामाथि आत्मगत हस्तक्षेप गर्न सक्ने अतिरिक्त सामथ्र्यकै कारण उनकै पुस्ताबाट उनलाई अलग्याउने काव्यिक क्षमताका कवि भएको चर्चा गरे।
त्यसैगरी कवि तथा निबन्धकार मोमिलाले कवि अधिकारी जीवनका असंगत अतिरिक्त पक्षलाई अत्यन्त हिस्सिलाग्दो कलात्मक पाराले मिहिन बुनोटमा अभिव्यक्त गर्ने सीमान्त शिल्पी र शब्दका जादुगर भएको चर्चा गरिन्। कवि अधिकारीले आप्mनो संघर्ष र सौहार्दताको स्मरण गर्दै प्रकाशनको अर्थमा २०८१ साल चैतबाट कविता–यात्रा ५०औं बर्षमा प्रवेश गर्ने भएकाले त्यसको पूर्व सन्ध्यामा नयाँ कृतिका साथ पाठकमाझ उपस्थित भएको बताए।
कार्यक्रममा उनले आमा, अन्तिम तयारी, बिहे र अचानक एक दिन शीर्षकका आप्mना कविता वाचन गरेर सुनाए। पब्लिकेसन नेपालयले प्रकाशनमा ल्याएको कवितासंग्रहमा कवि अधिकारीले २०६४ सालदेखि २०८० सालको अवधिमा रचना गरेका पूर्व प्रकाशित र अप्रकाशित समेत गरी ७७ कविता संग्रहित छन्।
प्रतिक्रिया