बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौँ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । ४ बजे बस्ने भनिए पनि बैठक साढे ५ बजे मात्रै सुरु भएको हो । आजको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्नेछ ।

आईजीपी बसन्त कुँवर सोमबारबाट अवकाशमा गएका छन् । उनको अवकाशसँगै २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ आईजीपी हुने प्रतिस्पर्धामा छन् । उनीहरूमध्ये एक जनालाई मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गर्नेछ ।