काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा नेपाल प्रहरीमा आजबाट रिक्त हुन लागेको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ।
नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर आजदेखि अवकाशमा जाँदैछन् । आईजीपी कुँवर अवकाशमा जाने भएपछि आज बस्ने मन्त्रिपरिषद बैठकले नयाँ आईजीपी नियुक्त गर्ने बताइएको छ । प्रहरीको ३१ औं आईजीपीको दाबेदारमा एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धी छन् ।
प्रतिक्रिया