कांग्रेसले बोलायो पदाधिकारी बैठक


काठमाडौँ।

सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन्।

समसामियक राजनीतिक घटनाक्रम, पार्टीका संगठनहरूको कामकारबाहीबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ।