प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता नीराजन बम रिहा


हेटौंडा ।

 पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपाको युवा संघठनका सदस्य सचिव नीराजन बम रिहा भएका छन् ।

चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले केही बेर अघि रिहा गरेको हो ।

बमको पक्राउपछि प्रचण्डले समेत फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने प्रतिक्रिया दिएका थिए ।