क्षेत्रज्ञ विद्यापीठले अभिभावक दिवस मनायो

14.19k
Shares

काठमाडौं। 

क्षेत्रज्ञ विद्यापीठ स्कुल, बाफलले विभिन्न कार्यक्रम गरी शनिवार अभिभावक दिवस मनाएको छ । विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

विद्यालयका अध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रधानाध्यापक प्राचार्य नन्दलाल सुवेदीले विद्यालय गुणस्तर शिक्षा प्रदान गर्न अघि बढिरहेको जनाए । उनले भने– “विद्यार्थीहरुलाई भाषा, संस्कृति र सिपलाई समेत अघि बढाउँदै लगेको छौं ।”

यस्तै विद्यार्थी भाइबहिनीहरूलाई शिक्षाको साथसाथै संस्कारी बनाउनुपर्ने आवश्यकता रहेको र संस्कारी वातावरण अघि बढाउँदै विद्यालयको पठनपाठनका साथै क्षमता विकास गर्न खेलकुद, मनोरञ्जन, नृत्यकला र चित्रकलालगायतका विषयमा केन्द्रित रहेको उनले  बताए  ।

 कार्यक्रममा एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याई उत्कृष्ट विद्यालयको परिचय बनाउन सफल भएको प्रधानाध्यापक प्राचार्य सुवेदीले बताए ।

अध्यक्ष श्रेष्ठले विद्यालयलाई सफल बनाउन योगदान पु¥याएका  शिक्षक तथा कर्मचारीलाई बधाई दिँदै अभिभावकहरूबाट आगामी दिनमा पनि सदाझैँ सहयोग र माया पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा  विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गर्दै तेक्यान्दो खेलको पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको बीचबीचमा विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।