लोकप्रिय हास्य कलाकार तथा कवि शैलेन्द्र सिम्खडा राजधानीमा आयोजित एक कार्यक्रमका बीच साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका छन्।
हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा आयोजित कार्यक्रममा उनलाई पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, हास्य कलाकार वसुन्धरा भुसाल लगायतले उक्त पुरस्कारबाट पुरस्कृत गरेका हुन्।

एकाएक हराउन पुगेका तथा हालसम्म पनि अज्ञात रहेका हास्य कलाकार साम्दे शेर्पाको स्मृतिमा केन्द्रले साम्दे शेर्पा स्मृति कोषमार्फत हरेक वर्ष प्रदान गदै आएको सो पुरस्कार यस वर्ष सिम्खडालाई हास्यव्यङ्ग्यका माध्यमले कला क्षेत्रमा पु¥याएको योगदानका लागि प्रदान गरिएको हो।
कार्यक्रममा साम्दे शेर्पा प्रतिभा पुरस्कार २०८१ बाट अर्का हास्य कलाकार तैयव शाहलाई पुरस्कृत गरिएको छ।
प्रतिक्रिया