नारायणहिटी अगाडि राजा पक्षधरको प्रदर्शन


काठमाडौँ।

राजा पक्षधरहरुले नारायणहिटी दरबार संग्राहलय अगाडि प्रदर्शन गरेका छन् । शाही युवा शक्ति नेपाल नामक संगठनको अगुवाईमा राजा पक्षधरहरूले शनिबार दिउँसो नारायणहिटी अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गरौँ । राजा जनता एक हौँ’ लेखिएको ब्यानर र राष्ट्रिय झण्डासहित आएको समूहले नारायणहिटीको प्रवेश द्वार अगाडि यातायात अवरुद्ध हुने गरेर प्रदर्शन गरिरहेका छन् ।

पछिल्लो समय विभिन्न राजावादी समूहहरू नारायणहिटी दरबार संग्राहलय अघि पुगेर राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।

यसअघि राजसंस्थाको वकालत गर्दै आएका राजनीतिक दल र समूहहरूले फागुन २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए ।