मन्त्री पाण्डेमाथि कारवाही माग गर्दै कांग्रेस अनुशासन आयोगमा उजुरी


काठमाडौँ।

पर्यटनमन्त्री बद्री पाण्डेविरुद्ध कारबाही माग गर्दै पार्टी केन्द्रीय अनुशासन आयोगमा उजुरी परेको छ। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री पाण्डेविरुद्ध विभिन्न ४ आरोपसहित कारबाहीको माग गर्दै पार्टी केन्द्रीय अनुशासन आयोगमा उजुरी दिएका हुन् ।

पाण्डेले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङको विचारधाराको पक्षपोषण गर्नुको साथै कांग्रेसको सिद्धान्त, संविधान र राष्ट्रिय हितविपरीत बोलेको बजगाईँले आरोप लगाएका छन्।