उदयपुरमा भव्य होली

1.5k
Shares

उदयपुर ।

 उदयपुरको सदरमुकाम गाईघाट लगायतका बेल्टार, कटारी रामपुर आदि ठाउँमा यस वर्षको होली शान्तिपूर्ण रुपले सव्य  र भव्यताका साथ सम्पन्न भएको छ।

गाईघाटको पिपलचोकमा र बिपि चोकमा दुई छुट्टाछुटेटै कार्यक्रमको आयोजना गरी स्थानीयले सांगीतिक कार्यक्रम र मट्काफोर प्रतियोगितासहित होली पर्व एकापसमा रंग दलेर खुशी साटासाट गर्देै मनाइएको छ ।

बिपि चोकमा भएको होली पर्वको कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख वसन्त बस्नेत, उप प्रमुख महेश्वरी राई, त्रियुगा उद्योग वाणिज्य संघका पदाधिकारी तथा स्थानीय व्यवसायीहरु, विभिन्न सरकारी  तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु, नेपाली सेना तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतकाको सहभागितामा भएको मटकाफोर कार्यक्रममा नेपाली सेनाको बोक्सेस्थित पशुपति प्रसाद गणका सैनिक जवान पुरन श्रेष्ठ विजयी भएका थिए भने उनलाई नगर प्रमुख वसन्त बस्नेत नगद २ हजार पुरस्कार दिएका थिए ।

अर्को पिपल चोकमा भएको होलीकै सांगितीक कार्यक्रममा स्थानीय युवा, महिला लगायतका कलाकारहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो भने होली सम्बन्धी विभिन्न प्रकारका गाना गाएर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो ।

विभिन्न समुहगत रुपमा भेला भएका विभिन्न उमेर समुहका सहभागीहरुले अलग अलग ठाउँमा समुहगत रुपमा नाचगान गरेर यस वर्षको होली मनाएका छन् । कटारी बजार , बेल्टार बजार रामपुर बजार लगायतका बजारहरुमा शुक्रवार बिहानदेखि नै एकापसमा रंग दलेर खुसी साटासाट गर्दै होली पर्व मनाएका छन । 

उदयपुरको विभिन्न बजारमा बस्दै आएका मधेसी समुदायले पनि होली पर्वलाई छठ पर्वपछिको दोश्रो ठुलो पर्वका रपमा मनाएका छन् । घरमा विभिन्न प्रकारका मिठा मिठा खाने कुरा बनाएर खाने र आफन्त नाता गोता साथीभाइ समेतलाई बोलाएर खुवाउने, माछा मासु खाने र भाङको लड्डु, गाँजा तथा अन्य नशालु पदार्थ खाएर रमाइलो गर्दै उत्सव मनाउने चलन रहेको छ ।

किम्बदन्ती अनुसार हिरण्यकश्यपुकी बहिनी होलिकाले आफ्ना दाजुलाई मार्न आगो लगाउंदा सो  आगोमा परेर होलिकाको ज्यान गएकोले आफ्नो दुष्मन बहिनीको मृत्युको खुसीयालीमा रंग दलेर खुसीयाली मनाएको सम्झना स्वरुप अर्थात सत्यको विजय भएकोले यो रंगको उत्सव मनाउने चलन चलाइएको बताइन्छ ।