काठमाडौँ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन्।
शुक्रबार माओवादी केन्द्र मेलम्ची नगरपालिकाको तेस्रो नगर सम्मेलनलाई सम्बोधनका क्रममा पूर्वराजसंस्थाप्रति आक्रोश ओकलेका उनले पूर्वराजालाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् ।
‘धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मुर्खता पहिला पनि भइसकेको छ । अर्को मुर्खता गरे भने नेपाली जनता, नेपालका राजनीतिक दल उदार हुँदैनन् ।’ उनले भने । ‘यो जुन नौटङ्की देखाइँदै छ । राजा, महाराजाबारे । २५० वर्षसम्म राजा, महाराजाले यो देशलाई कहाँ पुर्याए ? नेपाली जनताले बिर्सिएका छैनन्,आफ्नै वंश मास्नेले अहिले आएर फेरि धाक लगाउन मिल्छ ?
उनले आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला दरबार हत्यकाण्डबारे छानबिन हुनुपर्छ भनेको पनि स्मरण गराए । तर, आफूले ५ वर्ष शासन गर्न नपाउँदा त्यो काम अधुरै रहेको प्रचण्डले उल्लेख गरे ।











प्रतिक्रिया