१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अजय बिक पक्राउ


पर्वत।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुश्मा नगरपालिका-३ दुर्लुङ काफलचौर बस्ने २५ वर्षीय अजय बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।