स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. बाराकोटीले सम्हाले कार्यभार


काठमाडाैं ।

स्वास्थ्य सेवा विभागका नव नियुक्त महानिर्देशक डा.टंकप्रसाद बाराकोटीले आजबाट विभागको जिम्मेवारी सम्हालेका छन् ।आज बिहान १० बजे उनले विभाग पुगेर कार्यभार सम्हालेका हुन् ।


स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत मंगलबार २७ फागुन मन्त्रिस्तरीय निर्णय गर्दै डा. बाराकोटीलाई विभागको महानिर्देशक बनाएका थिए । तर उनले त्यसबेला नियुक्त गरिएको पत्र पाएका थिएनन् । निर्णय भएको दोस्रो दिन बुधबार समेत पत्र नपाउँदा केही अन्योल समेत उत्पन्न भएको थियो ।


महानिर्देशक बारालाकाेटीले ‘मलाई महानिर्देशक बनाउने २७ फागुनकै निर्णय हो । आज पत्र पाएको छु । आजै १० बजे विभागमा गएर कार्यभार सम्हालेकाे बताएका छन् ।

यसअघि गत १२ फागुनमा स्वास्थ्य सचिव डा रोशन पोखरेल अवकाश भएपछिको रिक्त सचिव पदमा नवनियुक्त सचिव डा. विकास देवकोटा सहित डा. बाराकोटी र डा. संगिता मिश्र प्रतिस्पर्धामा थिए । तर सचिव हुन नसकेका डा. बाराकोटीले स्वास्थ्य सचिव पछिको उच्च मानिने विभागको महानिर्देशक पदको जिम्मेवारी पाएका छन् ।