कलाकर्मीहरुले एक–अर्कामा रङ दलेर र नाचगान गरेर खुसी साट्दै फागु पूर्णिमा मनाएका छन्।
यस अवसरमा अभिनेत्री करिश्मा मानन्धरले केही वर्षदेखि स्थगित गरिएको फागु मनाउने कार्यक्रमलाई यस वर्ष निरन्तरता दिइन्। विहिबार करिश्मा निवासमा जम्मा भएका कलाकर्मीले एकअर्कामा रङ दलेर फागु मनाए। सोही अवसरमा अभिनेता तथा निर्माता विनोद मानन्धरको जन्म दिन पनि मनाइयो।
अभिनेता राजेश हमालले लामो समयको अन्तरालपछि कमव्याक गरेको फिल्म नरसिंह अवतारका कलाकारले पनि छुट्टै रूपमा एकसाथ रंग दलेर फागु मनाए।
उता, आगामी चैत २९ गते रिलिजमा आउने फिल्म पिताम्बरको टिमले पनि छुट्टै भेला आयोजना गरी फागु फागुपूर्णिमा मनायो। कलाकारहरुले घरपरिवार, आफन्त र साथीभाइका साथ पनि फागु मनाए।












प्रतिक्रिया